सम्पुर्ण आमा, बाबा ,दाई ,दिदि ,बहिनीको ममता ,प्यार र स्नेह प्रति मेरो Happy Valentine........... आजकाल हामी जस्तो युवाहरुलाई पश्चिमि ,संस्कृती र सव्यतIले कति छोएछ भने आज कुन बार हो ? यो कुन महिना रे ? भनेर कसैले झ्यापै सोधे भने नि अक्क न बक्क पर्ने गर्छम् । अझ कुरा ठ्याक्कै भन्नु पर्दा exam हलमा बस्दा नि ओइ , आज कति गते रे ? भनेर सोध्ने , हाम्रो बानी फेब्रुअरी को यो महिना लागे एता नै सबैको मन मस्तिष्कमा ,यो त फेब्रुअरी महिना हो तथा दिन ,बार सबलाई अवगत नै छ । हुन पनि फेब्रुअरी को, यो महिना कसलाई ज्ञात नहोस् त ! प्रेमको चाड भनेर प्रेम को मिठास पुर्ण बास्ना को चर्चा परिचर्चा जताततै छर्लङै चलिरहेको हुन्छ । प्रेम को बास्ना पनि आजभोली यसरी चलेको हुन्छ कि कुनै एउटा फोहोरको थुप्रोमा झिंगाहरु फैलिएको जस्तो । मान्छेहरु सबै कुरा देखा सिखी गर्छन् ,हुदाँ हुँदै सृष्टि को अमुल्य वरदान प्रेमलाई नि स्रोत र प्रयोग को रूपमा ,नकारात्मक बिश्लेशना मा घचेलिदिएका छन् । आजकल त संस्कार र सव्यता नै यस्तै बसिसकेको छ कि , देखासिखी को लगि भने नी प्रेम गाँस्नै पर्छ अनि मौका मिले सम्म दुरुपयोग गरि तो...