Internationalgirlday मा मेरो एक लेख............... Today's girl tomorrow power दसैँ तिहार को बिदा सगैँ राती ढिलो सुत्ने र अल्छि मान्दै बिहान ओछ्यान बाट ढिलो उठ्ने बानि बसिसकेको थियो !! नानी ,नानी , ए नानी उठ् त ! छोराछोरी कोही उठ्दैनन् भन्दै ममी कराइरहनु भएको थियो | मैले एकछिन उठिसके भनेर फेरि सुतेँ | ममी आफ्नो काम मा लाग्नु भएसी अघि सम्म घुन्जेको आवाज हरायो ,र एकछिन सुनसान छायो | सुनसान त्यो पल सगैँ म आफ्नो निन्र्दा पुरा गर्ने तरखर मा थिएँ कताकति कान त खुल्लै थियो , रेडियो को त्यो मलिन ध्वनि कानमा गुन्जिरहेको थियो | एकछिन मा आएर बाबाले रेडियो को vol. बढाउनु भयो.................................. आज अन्तराष्टिृय बालिका दिवस, याकि International Day Of Girl, 11th October CIN News सगैँ व्यापारीक विसराम पछि !! यो ध्वनि कानमा पर्यो , म जराकजुरुक्क उठेँ | अघि अति नै कर गरेर उठाउँदा नउठेको मान्छे , रेडियो को त्यो एउटा वाक्य ले मलाई उठाइदियो दिन को उल्लास थपिदियो | उल्लास सगैँ उर्जा थपिदियो , थपिदियो केहि गर्ने आटँ र मन टक्क अडिएर अर्कै ससांर मा पुगे | अर्कै ससांर अर्थात् म पुग...