# ए # झरी !!!!! सायद तिमी भित्र नि पिडाका, अनगिन्ती स्वरुप होलान् , र पो तिमी बर्सिन्छौ यसरी कहिले बतासको सहारा लिएर, कहिले आफ्नो पनको आभाष गरेर । हुरि र बताससंगै जब गर्जिन्छौ तिमी मेरो मन तर्सिन्छ भकानिन्छ , लाग्छ तिमी पक्कै सहनै नसक्ने चिच्याहट लिएर गर्जेको छौ । साँच्चै कति फरक छ तिमी र ममा , आवाज स्वरुप धोनि गुन्जिए पनि , न चिच्याहटले दुख पोख्न सक्छु , न तिमी जसरी गर्जिन र बर्सिन । पागल सरि तिमी बर्सेपनि , कति शान्त र कोमल देखिन्छौ, र म जस्तो जिन्दगीको बेग मा हराइरहेका लाई तिम्रो त्यो एक छाल ले शान्त गराइदिन्छौ , खुशी को बहाना खोजिदिन्छौ । टाढै भएनि तिमी , आँखा बाट निस्केका तिम्रा ती रोदन ले, सम्पुर्णमा खुसी को आभाष गराइदिन्छौ , चिच्याहट र थकानको बीचमा , विश्राम को आभाष दिलाइदिन्छौ । म तिमी जस्तै गर्जिन चाहन्छु थर्किन चाहन्छु, आफ्नो नानी को रोदन ले सम्पुर्ण को हृदयमा खुसीको मेल साट्न चाहन्छु , हिड्दा हिंड्दैगरेको भाग दौड मा एक विश्राम लिएर हास्न चाहन्छु।।