सायद तिमी भित्र नि पिडाका,
अनगिन्ती स्वरुप होलान् ,
र पो तिमी बर्सिन्छौ यसरी
कहिले बतासको सहारा लिएर,
कहिले आफ्नो पनको आभाष गरेर ।
हुरि र बताससंगै जब गर्जिन्छौ तिमी
मेरो मन तर्सिन्छ भकानिन्छ ,
लाग्छ तिमी पक्कै
सहनै नसक्ने चिच्याहट लिएर गर्जेको छौ ।
साँच्चै कति फरक छ तिमी र ममा ,
आवाज स्वरुप धोनि गुन्जिए पनि ,
न चिच्याहटले दुख पोख्न सक्छु ,
न तिमी जसरी गर्जिन र बर्सिन ।
पागल सरि तिमी बर्सेपनि ,
कति शान्त र कोमल देखिन्छौ,
र म जस्तो जिन्दगीको बेग मा हराइरहेका लाई
तिम्रो त्यो एक छाल ले शान्त गराइदिन्छौ ,
खुशी को बहाना खोजिदिन्छौ ।
टाढै भएनि तिमी ,
आँखा बाट निस्केका तिम्रा ती रोदन ले,
सम्पुर्णमा खुसी को आभाष गराइदिन्छौ ,
चिच्याहट र थकानको बीचमा ,
विश्राम को आभाष दिलाइदिन्छौ ।
म तिमी जस्तै गर्जिन चाहन्छु
थर्किन चाहन्छु,
आफ्नो नानी को रोदन ले
सम्पुर्ण को हृदयमा खुसीको मेल साट्न चाहन्छु ,
हिड्दा हिंड्दैगरेको भाग दौड मा
एक विश्राम लिएर हास्न चाहन्छु।।
अनगिन्ती स्वरुप होलान् ,
र पो तिमी बर्सिन्छौ यसरी
कहिले बतासको सहारा लिएर,
कहिले आफ्नो पनको आभाष गरेर ।
हुरि र बताससंगै जब गर्जिन्छौ तिमी
मेरो मन तर्सिन्छ भकानिन्छ ,
लाग्छ तिमी पक्कै
सहनै नसक्ने चिच्याहट लिएर गर्जेको छौ ।
साँच्चै कति फरक छ तिमी र ममा ,
आवाज स्वरुप धोनि गुन्जिए पनि ,
न चिच्याहटले दुख पोख्न सक्छु ,
न तिमी जसरी गर्जिन र बर्सिन ।
पागल सरि तिमी बर्सेपनि ,
कति शान्त र कोमल देखिन्छौ,
र म जस्तो जिन्दगीको बेग मा हराइरहेका लाई
तिम्रो त्यो एक छाल ले शान्त गराइदिन्छौ ,
खुशी को बहाना खोजिदिन्छौ ।
टाढै भएनि तिमी ,
आँखा बाट निस्केका तिम्रा ती रोदन ले,
सम्पुर्णमा खुसी को आभाष गराइदिन्छौ ,
चिच्याहट र थकानको बीचमा ,
विश्राम को आभाष दिलाइदिन्छौ ।
म तिमी जस्तै गर्जिन चाहन्छु
थर्किन चाहन्छु,
आफ्नो नानी को रोदन ले
सम्पुर्ण को हृदयमा खुसीको मेल साट्न चाहन्छु ,
हिड्दा हिंड्दैगरेको भाग दौड मा
एक विश्राम लिएर हास्न चाहन्छु।।

Comments
Post a Comment