आज फेरी तिम्रो याद मा गुनगुनाउदा को अनेक कथा, कथा भित्र को आफ्नै गाथा, नाटक रोमन्चक को नित्य हजारौ अल्झिएको सपनी , रुमलिएको भावना आज फेरी तिम्रो याद मा । छोडिएको सपना तोडिएको मन थामिएको हात पालुवा को आशमा उम्रिएको रोदन आज फेरी तिम्रो याद मा । आशा कालिन गोरेटो घुम्ती हजारौ छिसमिसे बिहानी सगै उदाएको किरण गन्तवय को पर्खाइमा लुकेको हर्षहरु आज फेरी तिम्रो याद मा । खुशी को थोपा कतै मडारिएको बादलमा प्रसगैं प्रसगं को सागरमा बिना प्रसगं को आलोचना हरु आज फेरी तिम्रो याद मा।