Skip to main content

सम्पुर्ण आमा, बाबा ,दाई ,दिदि ,बहिनीको ममता ,प्यार र स्नेह प्रति मेरो Happy Valentine.......

सम्पुर्ण आमा, बाबा ,दाई ,दिदि ,बहिनीको ममता ,प्यार र स्नेह प्रति मेरो Happy Valentine...........

आजकाल हामी जस्तो युवाहरुलाई पश्चिमि ,संस्कृती र सव्यतIले कति छोएछ भने आज कुन बार हो ? यो कुन महिना रे ? भनेर कसैले झ्यापै सोधे भने नि अक्क न बक्क पर्ने गर्छम् । अझ कुरा ठ्याक्कै भन्नु पर्दा exam हलमा बस्दा नि ओइ , आज कति गते रे ? भनेर सोध्ने , हाम्रो बानी फेब्रुअरी को यो महिना लागे एता नै सबैको मन मस्तिष्कमा ,यो त फेब्रुअरी महिना हो तथा दिन ,बार सबलाई अवगत नै छ । हुन पनि फेब्रुअरी को, यो महिना कसलाई ज्ञात नहोस् त ! प्रेमको चाड भनेर प्रेम को मिठास पुर्ण बास्ना को चर्चा परिचर्चा जताततै छर्लङै चलिरहेको हुन्छ । प्रेम को बास्ना पनि आजभोली यसरी चलेको हुन्छ कि कुनै एउटा फोहोरको थुप्रोमा झिंगाहरु फैलिएको जस्तो ।
मान्छेहरु सबै कुरा देखा सिखी गर्छन् ,हुदाँ हुँदै सृष्टि को अमुल्य वरदान प्रेमलाई नि स्रोत र प्रयोग को रूपमा ,नकारात्मक बिश्लेशना मा घचेलिदिएका छन् । आजकल त संस्कार र सव्यता नै यस्तै बसिसकेको छ कि , देखासिखी को लगि भने नी प्रेम गाँस्नै पर्छ अनि मौका मिले सम्म दुरुपयोग गरि तोड्नै पर्छ। कस्तो लज्जास्पद कुरा हो , जसलाई प्रेम के हो थाहा नै छैन उ प्रेम गर्छु भन्दै हिड्छ र समजिक संजाल भरि प्रेम पुर्ण अनगिन्ती स्टास र फोटो डालेको हुन्छ ।

प्रेम शब्द को बिशलेणा आफ्नै प्रकार को छ ,
तिमी कोइ आमा को स्नेह नपाएर छठ्पटाइरहेको बच्चालाई ममता पुर्न स्नेह दिएर सोध , प्रेम के हो ?
सडक मा भोको पेट मा फ़ोहोरको थुप्रो भित्र बेलुकी को आहर खोजिरहेको बच्चालाई पेट भरि खाना दिएर सोधे प्रेम के हो ?
बिरामी आवस्था मा पल्टिरहेको वृद्ध लाइ औषधी उपचार गरेर सोध, प्रेम के हो ?
प्रेम को आभाष त्यो ममता पुर्न स्नेहले झल्काउँछ l

प्रेम दुई मुटु को बीच को आत्मिय सम्बन्ध हो। हो प्रेम त्यो मात्र होइन जुन युवा आवस्थ मा जोडिन्छ ,देखासिखी र देखाओटी को लागि। प्रेम त त्यो बरदान हो जुन मा निस्चल ममता पुर्ण भाव लुकेको हुन्छ,अनगिन्ती छाल बोके पनि ,एउटै वेगमा बगि रहने शक्ति अघाँलेको हुन्छ l हो प्रेम साँचिक्कै एक आत्मीय सम्बन्ध तर त्यो आत्मीय सम्बन्ध लाई हामिले कसरी बाहिरी दुनियाँ मा कसरी समावेश गरेको छौं भन्ने कुरा एकचोटी सोच्नै पर्छ ।

प्रेम त्यो हो : जब टाढा रहेको छोरी /छोरा लाई आमा ले कल गरेर सोध्नु हुन्छ छोरी /छोरा बिरामी भएको छैनौ नि ? आफ्नो ख्याल गर ल ।
प्रेम त्यो हो : जब बाबाले दिन दिनै सोध्नु हुन्छ छोरी /छोरा खर्च पर्च सिध्यो कि , पठाइदिम?
प्रेम त्यो हो : जब दाइ ले सोध्नु हुन्छ बहिनी /भाइ कतै boyfriend /girlfriend त बनाको छैनौ नि ?
प्रेम त्यो हो : जब बहिनी भन्छिन् ओई दि छिटो घर आइज , त सग झगडा गर्न मन लागी सक्यो ।
प्रेम त्यो हो : जब हामी निराश भएर बस्छम् अनि दिदि आएर भन्नु हुन्छ ,ओइ के भयो किन जोक्रराएर बसेको जाउ हिड् घुम्न ।
प्रेम त्यो हो : जब साथी आएर भन्छ ओइ मरिस कि जीउँदै छस्?

हो प्रेम भनेको आजकाल को chinese मोबाइल भन्दा नि कमजोर , प्रेमी प्रेमिका को दुई दिने देखओटी र आकषर्ण मात्र प्रेम होइन ।प्रेम त्यो हो जसमा आमा ,बाबा, दाई ,दिदि, बहिनी को ममता ,प्यार र स्नेह लुकेको हुन्छ । तसर्थ,
सम्पुर्ण आमा, बाबा ,दाई ,दिदि ,बहिनी को ममता ,प्यार र स्नेह प्रति मेरो Happy Valentine ।।

Comments

Post a Comment

Popular posts from this blog

SISTER

                      SISTER              Sister,you are the beat of the heart                 relation by blood , friend to default               A life of a sweet connection                love , care , sorrow and emotion                You are the one , younger by birth         but highly you resemble elder by thought         Making everyone glow with a giggle        possessing a fortitude to endure the obstacles             Remembering those previous time              where you used to walk up by my side             Imitating me and an hour of conversation ...

ए झरी !!

                # ए   # झरी  !!!!! सायद तिमी भित्र नि पिडाका, अनगिन्ती स्वरुप होलान् , र पो तिमी बर्सिन्छौ यसरी  कहिले बतासको सहारा लिएर, कहिले आफ्नो पनको आभाष गरेर । हुरि र बताससंगै जब गर्जिन्छौ तिमी मेरो मन तर्सिन्छ भकानिन्छ , लाग्छ तिमी पक्कै सहनै नसक्ने चिच्याहट लिएर गर्जेको छौ । साँच्चै कति फरक छ तिमी र ममा , आवाज स्वरुप धोनि गुन्जिए पनि , न चिच्याहटले दुख पोख्न सक्छु , न तिमी जसरी गर्जिन र बर्सिन । पागल सरि तिमी बर्सेपनि , कति शान्त र कोमल देखिन्छौ, र म जस्तो जिन्दगीको बेग मा हराइरहेका लाई तिम्रो त्यो एक छाल ले शान्त गराइदिन्छौ , खुशी को बहाना खोजिदिन्छौ । टाढै भएनि तिमी , आँखा बाट निस्केका तिम्रा ती रोदन ले, सम्पुर्णमा खुसी को आभाष गराइदिन्छौ , चिच्याहट र थकानको बीचमा , विश्राम को आभाष दिलाइदिन्छौ । म तिमी जस्तै गर्जिन चाहन्छु थर्किन चाहन्छु, आफ्नो नानी को रोदन ले सम्पुर्ण को हृदयमा खुसीको मेल साट्न चाहन्छु , हिड्दा हिंड्दैगरेको भाग दौड मा एक विश्राम लिएर हास्न चाहन्छु।।

Beat Plastic Pollution ( Shun up the plastic, Evince the healthy environment)

  Shun up the plastic, Evince the healthy environment   Twenty first era of global development lead me to prop calm at a state and ponder nature been a mysterious existence, nearby and yet far distant. Many of notable times of ethic classes, learning about nature how beautiful nature is and how human beings have a deep connection with it. But it seems futile these days. My dear mother nature, being devastated by owns child motion. How pitiful the situation is to say, where the heart of mother is crying?       Adding to my story, once I had a journey to heaven’s beauty Mustang, Nepal. My friends were busy taking the beauty scenery shot. While I at the corner was perceiving the dumping site of huge piles of plastic waste. I was capturing it. It is because our main problem is ignorance, we see it but we make it unseen. How pitiful situation is, beside the natural beauty been shaded with our activities? Not only Mustang most of all natural an...