नारी को अस्मिता मा आंच पुराउने हरुकोपक्कै सिर काटनै पर्छ ,
सायद सृष्टिमा नै बिवेद्ध थियो होला
त्यसैले त तिमी र म मा,
प्रकृतिले नै पराकाष्ट तोकिदीएको छ
तिमी त्यो कठोर हृदयको सालिक झै बनेर
बनाउछौ आफ्नो नियम को घेरा
र थुपारिदिन्छौ म मा ,
कस्तो बिडम्बना यो रीत को
कस्तो कठोर तिम्रो त्यो हृदय
जब आफ्नै चेली लुटिन्छे माइती बाट
अनि ती अबोध फक्रदै गरेकी बालिका
जब कोपिलामै चुडिन्छे बोट बाट ।।
संसारिक बिचित्र त्यै नि छ तिम्रै पुरुषत्व कै बयान
जहाँ आफ्नै चेली अशुरक्षत छन् आफ्नै चौघेरामा
खै कहाँ गयो त्यो मानवता ?
लुटिन्छे उनी भष्मित् हुन्छे मिट्टी मै मिल्छ अस्मिता
युग को यो सरंचना फेर्नै पर्छ
पुरुषत्वको खोल ओडेर मनोमानी गर्नेको
पक्कै शिर काट्नै पर्छ
फर्केर कुदृष्टिले हेर्न नसकुनन्
समाजिक गिद्ध र स्यालहरु ले
नारी को अस्मिता मा आंच पुराउने हरुको
पक्कै सिर काटनै पर्छ ,
पक्कै सिर काटनै पर्छ।।
Comments
Post a Comment